Sunday, 9 January 2011

दलित बिनाको पार्टी बनाउन जिल्लामा कि्रयाशील

बागलुङ पुष २५ । छुवाछुत बिभेद अन्त्यको अभियान स्वरुप बागलुङको पैयुथन्थापमा शुक्रबार आयोजना गरिएको सहभोजमा कुनै पनि राजनितिक दलका प्रतिनिधि उपस्थित नभएपछि बागलुङका दलित अधिकारकर्मीहरुले दलित बिनाको पार्टी बनाउन जिल्लामा कि्रयाशील राजनितिक दलहरुलाई चेतावनी दिएका छन् ।
गाविस कार्यालयको आर्थिक सहयोगमा उत्पीडित दलित समुदायको सन्जाल बागलुङले आयोजना गरेको सहभोज कार्यक्रममा जिल्लामा कि्रयाशील ९ वटै दलका प्रमुख तथा प्रतिनिधि उपस्थित नभएपछि उनीहरुले आज बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् ।
मुलुक परिवर्तनको उद्घोष गर्ने दल र राज्यको ढुकुटीबाट तलब खाने सेवाप्रदायक कर्मचारीहरुबाट भएको गैर सामाजिक व्यवहार प्रति खेद व्यक्त गर्दै राजनितिक दल नसच्चिए सम्म जिल्लाका दलित समुदाय कुनै पनि पार्टीको गतिबिधिमा संम्लग्न नहुने बताएको छ ।
यसैबिच सहभोजमा उपस्थित नभएको बिषयमा हिजै भएको छलफलमा जिल्लामा कि्रयाशील ५ राजनितिक दलका जिल्ला स्तरिय पार्टी प्रमुख तथा प्रतिनिधिले घटना प्रति आत्मआलोचना गर्दै आवश्यक अध्ययन गरी कारबाही गर्ने लिखित प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

Tuesday, 4 January 2011

धौलागिरीका चार उद्योग बाणिज्य सघंले सडक मर्मतको पहल गर्ने

बागलुङ पुष २० । पोखरा बागलुङ सडक जीर्ण बन्दै गएपनि मर्मतका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै धौलागिरीका चार उद्योग बाणिज्य सघंले सडक मर्मतको पहल गर्ने भएका छन् । पर्यटन बर्ष २०११ शुरु भइसक्दा पनि पोखरा बागलुङ राजमार्ग मर्मतका लागि सम्बन्धित मन्त्रालय र कार्यालयले कुनै पहल नगरेको भन्दै धौलागिरीका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत उद्योग बाणिज्य सघंले मर्मतका लागि केन्द्रिय तहबाटै पहल गर्ने भएको हो ।
दैनिक रुपमा सयौ यातायात ओहोर दोहोर गर्ने मुख्य राजमार्ग जिर्ण भई जोखिमपुर्ण यात्रा गर्ने अवस्था आउदा पनि राज्यका निकाय उदासिन भएकाले व्यवसायीले केन्द्रिय तहबाट सडक मर्मतको पहल गर्न लागेको नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार माघको दोस्रो साता भित्रमा धौलागिरीका १६ जना सभासदलाई एकठाउमा राखेर तत्काल सडक मर्मतका साथै अन्य समस्या र सम्भावनालाई सम्बोधन गर्ने गरी धौलागिरी घोषणा पत्र जारि गरिनेछ ।
केन्द्रिय तहबाट गरिने पहलका लागि धौलागिरीका व्यवसायीहरुबाट प्रस्तुत गर्ने प्रतिवेदन तयार भैसकेपनि अन्तिम रुप दिन भने बाकी रहेको बताइएको छ ।
सघंले धौलागिरीका चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पोखरा बागलुङ सडक मर्मत गर्ने कार्यमा तत्काल पहल गर्न यसअघि नै आग्रह सहित ज्ञापन पत्र बुझाएको थियो 

Monday, 3 January 2011

हटियाको बहुचर्चित सुशिला साहानी हत्याकाण्डका अभियुक्तहरु जन्म कैद मा

बागलुङ पुष १९ । गल्कोट हटियाको बहुचर्चित सुशिला साहानी हत्याकाण्डका अभियुक्तहरु डिक्सन कुमार मल्ल र राजु खानलाई बागलुङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । हटिया गाविस वडा नं ३ का नर बहादुर साहानीको जाहेरीले बादी नेपाल सरकार र बागलुङ हरिचौर गाविस वडा नं ४ का डिक्सन कुमार मल्ल र भारतको किसानगन्ज बेलुवा घरभै हटिया बजारमा मोटरसाइकल वर्कशप खोली बस्ने राज खान भन्ने महमद मीर सयद चांद प्रतिबादी रहेको हटिया ३ कै सुशिला साहानीको कर्तव्य ज्यान मुद्दामा आज न्यायाधीश रामेश्वरनाथ अमात्यको ईजलासले सो फैसला गरेको हो ।
२०६६ साल माघ १९ गते बिहान डिक्सन मल्ल र राज खानले सुशिला साहानीको छुरी र ढुंगा प्रहार गरी निर्मतापूर्वक बिभत्स हत्या गरेको स्वीकार गरेका थिए । डिक्सन मल्लको गर्भधारण गरेकी सुशिला साहानीलाई गर्भपतन गर्न नमानेकीले निज साहानीको हत्या गर्ने निर्णयमा पुगेका मल्लले खानको मिलिमतोमा ‘माघ २० गते बिहान भागेर बागलुङ बजार जाने र उतै बिबाह बन्धनमा बांधिने…’ सल्लाह मुताबिक साहानीलाई बिहान अध्यारोमै बोलाई पछाडीबाट मल्ल र खान दुबैले पालैपालो छुरा र ढुंगा प्रहार गरेर हत्या गरेका साविती बयान दिएका थिए ।
गल्कोट हटिया स्थित गल्कोट उच्च माबिमा १२ कक्षामा अध्ययन गर्ने साहानी र मल्लबीच पांच छ महिनादेखी प्रेमलाप चलेको थियो 

Sunday, 2 January 2011

नेपाल पत्रकार महासंघको अधिवेशन माघ २४ देखि

बागलुङ पुष १८ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको वैठकले जिल्लास्तरीय अधिवेशन आगामी माघ २४ देखि फागुन १४ गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले पुरानो परिपाटीलाई परिमार्जन गरी क्षेत्रीय स्तरमा ८ चरण गरी जिल्लास्तरीयअधिवेशन सम्पन्न गर्ने महासंघको केन्द्रीय समितिको वैठकले निर्णय गरेको हो ।
पश्चिमान्चलका लागि आगामी फागुन ७ गते एकैदिन अधिवेशन गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
महासंघले तोके अनुसार अनुसार पश्चिमााचल लगायत बागलुङ जिल्लामा पनि आगामी फागुन ७ गते अधिवेशन हुने नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
एकैदिन अधिवेशन गर्ने निर्णय सह्ानीय भएको त्यसले गर्दा व्यवस्थापन पनि सहज हुने जिसीको भनाइ छ ।
अधिवेशनमा विभिन्न किसिमका अनियमितता हुन नदिनका लागि गरिएको यो निर्णय स्वागतयोग्य भएको उपाध्यक्ष जिसीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघले अवलम्बन गरेको शान्ति र संविधान नेपाल पत्रकार महासंघको अभियान भन्ने नाराका साथ आगामी माघ १६ गतेदेखि मुलुकभर नागरिक समाज तथा पेशागत संघसंस्थाको अगुवाइमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

Friday, 31 December 2010

जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम

 बागलुङ पौष १६ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दलहरु बिच सहमती जुट्न सके तोकिएको समयमै संबिधान निर्माण हुन सक्ने बताउनु भएको छ । जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन बागलुङ आउनु भएका नेता ज्ञवालीले आज बिहान बागलुङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।
नेता ज्ञवालीले- संबिधान सभाको म्याद लम्ब्याउने स्थितिले मुलुकमा थप जटिलता ल्याउने हुदा सहमती कायम गरेर बाकी रहेको ५ महिना भित्रै संबिधान बनाउनुपर्नेमा जोड दिनुभयो ।
माओवादीले लडाकुलाई देखाएर समाजमा आफ्नो रवाफ राख्दै आएको आरोप लगाउदै नेता ज्ञवालीले माओवादी सहमत भएमा लडाकु व्यवस्थापनको काम छिटै टुंगो लाग्ने बताउनुभयो ।
संसदको नियमित अधिवेशन शुरु भएको १२÷१४ दिनमा नया सरकार बन्ने भन्दै उहाले सहमतिको सरकारका लागि प्रयास भैरहेको र सहमतिको सरकार नबनेमा बहुमतको सरकार बन्ने बताउनुभयो ।
अनमिनको बर्हिगमन भन्दा अगाडि सेनासमायोजन विशेष समितिलाई कि्रयाशिल बनाउनु पर्छ सचिवायलाई एक्टिभ बनाएर सेना सम्बन्धी समस्या समाधान गर्न सकिने उहाको भनाइ थियो ।
माओवादीले अनमिनको नाम पारेर अलमल गर्ने वा बहानाबाजी गर्नु हुदैन भन्दै नेता ज्ञवालीले माओवादीको प्राथमिकता शान्ति र संविधान हो की विद्रोह हो वा राजनीतिक दलको सहमतिमा संविधान बनाउने हो की भारतका विरुद्ध युद्ध लड्ने हो स्पष्ट हुन जरुरी रहेको बताउनुभयो