Friday 31 December 2010

जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम

 बागलुङ पौष १६ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दलहरु बिच सहमती जुट्न सके तोकिएको समयमै संबिधान निर्माण हुन सक्ने बताउनु भएको छ । जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन बागलुङ आउनु भएका नेता ज्ञवालीले आज बिहान बागलुङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो ।
नेता ज्ञवालीले- संबिधान सभाको म्याद लम्ब्याउने स्थितिले मुलुकमा थप जटिलता ल्याउने हुदा सहमती कायम गरेर बाकी रहेको ५ महिना भित्रै संबिधान बनाउनुपर्नेमा जोड दिनुभयो ।
माओवादीले लडाकुलाई देखाएर समाजमा आफ्नो रवाफ राख्दै आएको आरोप लगाउदै नेता ज्ञवालीले माओवादी सहमत भएमा लडाकु व्यवस्थापनको काम छिटै टुंगो लाग्ने बताउनुभयो ।
संसदको नियमित अधिवेशन शुरु भएको १२÷१४ दिनमा नया सरकार बन्ने भन्दै उहाले सहमतिको सरकारका लागि प्रयास भैरहेको र सहमतिको सरकार नबनेमा बहुमतको सरकार बन्ने बताउनुभयो ।
अनमिनको बर्हिगमन भन्दा अगाडि सेनासमायोजन विशेष समितिलाई कि्रयाशिल बनाउनु पर्छ सचिवायलाई एक्टिभ बनाएर सेना सम्बन्धी समस्या समाधान गर्न सकिने उहाको भनाइ थियो ।
माओवादीले अनमिनको नाम पारेर अलमल गर्ने वा बहानाबाजी गर्नु हुदैन भन्दै नेता ज्ञवालीले माओवादीको प्राथमिकता शान्ति र संविधान हो की विद्रोह हो वा राजनीतिक दलको सहमतिमा संविधान बनाउने हो की भारतका विरुद्ध युद्ध लड्ने हो स्पष्ट हुन जरुरी रहेको बताउनुभयो 

No comments:

Post a Comment