Tuesday 11 January 2011

बागलुङको ट्राफिक प्रहरीले पनि साइकल गस्ती शुरु


प्याब्सन बागलुङले आफ्नो स्थापनाको २१ औ स्थापना दिवशको अवसरमा दुइवटा साइकलबाट सहयोग गरेको हो नगरपालिका भित्रका अपराध रोक्न प्रहरीले शुरु गरेको दुइमहिनामा बागलुङको ट्राफिक प्रहरीले पनि साइकल गस्ती शुरु गरेको छ । अव्यवस्थित पार्किङ, ट्राफिक नियम उलंघन तथा निर्माण सामाग्रीलाई सडकमा छोड्ने प्रवृत्ति बढेपछि बढेका दुर्घट्ना न्यूनिकरणका लागि साइकल गस्ती शुरु गरिएको जिल्ला ट्राफिक प्रमुख खिमानन्द काफ्लेले बताउनुभयो ।
ट्राफिकले दुइजना जनशक्ति साइकल गस्तीकै लागि खटाएको छ । सवारी साधनको अभावमा दुर्घट्ना भएका स्थानमा हिडेरै पुग्नु पर्ने बाध्यता रहेको थियो । साइकल गस्ती शुरु गरेको एक हप्तामा जिल्लाको ट्राफिक व्यवस्थामा आमुल परिवर्तन ल्याउने ट्राफिक प्रमुख काफ्लेले बताउनुभयो । यात्रु र सवारी चालकले समेत ट्राफिक नियम नमान्दा बजारीक्षेत्रमा धेरै दुर्घट्ना हुने गरेका थिए । गस्ती शुरु भएपछि ट्राफिकले विना लाइसेन्स चलाइएका मोटरसाइकल नियन्त्रणमा लिने, मोडल फेर्नेलाई कारवाही, रातो प्लेटले यात्रु बोक्नेलाइ जरिवाना गर्ने लगायतका काम थालेको छ । प्याब्सन बागलुङले आफ्नो स्थापनाको २१ औ स्थापना दिवशको अवसरमा ट्राफिकलाइ सहयोग गरेको दुइवटा साइकलबाट उक्त गस्ती शुरु भएको हो ।

जिप व्यवसायी सघं बागलुङले पनि जीप सेवालाई प्रभावकारी बनाउन थाले

बागलुङ पुष २७ । बागलुङ जिल्लाको गाउ गाउमा बसले सहज रुपमा सेवा दिन थालेपछि धौलागीरी अन्चल जिप व्यवसायी सघं बागलुङले पनि जीप सेवालाई प्रभावकारी बनाउन थालेको छ । यात्रुहरु सिधै सदरमुकाम बागलुङ बजारदेखी आपनो गन्तव्यसम्म पुग्न सकिने भएकोमा सन्तुष्टी व्यक्त गर्दै जीपको भाडा सुहांउदो निर्धारण गरिनु पर्ने मागपनि गरिरहेका छन् । सेवा सन्चालन गरेको राम्रो हो तर सर्वसाधारणको ढाडै भांच्ने गरी भाडा असल्नेमात्र लक्ष नलिन उनिहरुको माग रहेको छ ।
यात्रुहरुबाट भनेको समयमा जीप नपाएको र बिचका यात्रुलाई ि जीपमा यात्रा गर्न नदिएको व्यापक जनगुनासो आउन थालेपछि सडक पुगेका अधिकाशं गाउमा जीप ब्यवसायीले नियमित जीप सन्चालन गर्न थालेका छन् ।
सघंले गत पुस ३ गतेबाट लागु हुने गरी बागलुङ बजारबाट बिभिन्न २० गाविसमा यात्रुहरुको चाप अनुसार समय तालिका बनाई जीप सन्चालन गरेको सघंका सचिव बिष्णु अधिकारीले बताए ।
सर्वसुलभ र आरामदायी यात्राका लागि जीप सेवालाई प्रभावकारी बनाउन बागलुङ बजार देखी बुर्तिबाङ भिमगिठे खरबाङ काडेबास हटिया घोडाबाधे कर्लिम ताराखोला कुश्मिशेरा रांखानी धम्जा दुदिलभाटी पाण्डवखानी मल्म रिघा हरिचौर र घुसमेली लगायतका गाविसमा नियमित रुपमा २ देखी १० वटा सम्म जिप नियमित रुपमा सन्चालन गरिएको सचिवले बताए ।

Sunday 9 January 2011

अमलाचौर बागलुङको संयुक्त एकता भेला आज सम्पन्न

बागलुङ पुष २५ । संयुक्त दलित उत्थान मन्च र उत्पिडित समुदायको सन्जाल अमलाचौर बागलुङको संयुक्त एकता भेला आज सम्पन्न भएको छ । भेलाले निसान बिकको अध्यक्षतामा ११ सदस्यीय साजालको गठन गरेको छ । साजालको उपाध्यक्षमा बलराम परियार सचिवमा सुरज परियार कोषाध्यक्षमा रिता गायक र सह सचिवमा गोविन्द नेपाली रहनुभएको छ ।
साजालका सदस्यहरुमा खगेश्वरी परियार रुपा नेपाली इन्द्रकली बिक लेख बहादुर नेपाली जय बहादुर गायक र तेजुराम बिक रहनुभएको छ ।
भेलाले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा मन बहादुर परियार दिल बहादुर परियार प्रेम बिक कविराज सुनार सुर्य बिक र मन बहादुर नेपाली रहनुभएको छ ।
कार्यक्रममा बोल्दै दलित सशक्तिकरण केन्द्रका सदस्य प्रमिला बिकले सबै दलित एकताबद्ध भए मात्र दलित मुक्ति सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा पृथ्वी उच्च माविका शिक्षक सुरज परियार तेजुराम बिक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक शंखबिर बिकको अध्यक्षता रिता गायकको स्वागत र निसान बिकको साचालनमा सम्पन्न भएको थियो ।

संविधान निर्माण र राष्ट्रियताको रक्षाको लागि दबाब अभियान

बागालुङ पुष २५ । तोकिएको समयमा सार्थक संविधान निर्माण र राष्ट्रियताको रक्षाको लागि दबाब अभियान शुरु गरेको नेकपा एकीकृतले आज बागलुङको गलकोटमा कोणसभा सम्पन्न गरेको छ ।
अभियान अन्तरगत नरेठाँटी हटिया र हरिचौरमा छुट्टाछुट्टै कोणसभा सम्पन्न भएको छ ।
गलकोट नरेठाँटीमो भएको कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य चिरन पुन त्यसैगरी हटियामा सम्पन्न कोणसभामा सो पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य केवी गुरुङ त्यसैगरी हरिचौरमा सम्पन्न कोणसभामा जिल्ला सहसचिव गुाजमान घर्तीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेताहरुले समयमै संविधान निर्माणको लागि सबै जनतालाई दबाबमूलक कार्यक्रम साचालन गर्न आग्रंह गरिएको छ 

२ लाख २० हजार ५ सय ५४ रुपैया खुद मुनाफा

 बागालुङ पुष २५ । बागलुङ बहुउदेश्यीय सहकारी संस्था बागलुङले ३० करोड ४५ लाख १० हजार ९ सय ८८ रुपैया बराबरको कारोबार गरेको छ । आर्थिक बर्ष २०६६।०६७ मा सो सहकारीले २ लाख २० हजार ५ सय ५४ रुपैया खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
बागलुङ बहुउदेश्यीय सहकारी संस्था बागलुङले आर्थिक बर्ष २०६६।०६७ मा तीस करोड पैचालिस लाख दश हजार ९ सय ८८ रुपैया बराबरको कारोबार गर्दे २ लाख २० हजार ५ सय ५४ रुपैया खुद मुनाफा आर्जन गरेको छ ।
आज आयोजित सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिवेशनको अवसरमा आयव्यय सार्वजनिक भएको हो ।
संस्थाको नयाँ शेयर १ करोड ५६ ल्ााख ६ सयले बृद्धि भै कुल शेयर २ करोड ५७ लाख ९२ हजार ४ सय पुगेको छ । संस्थाले हालसम्म ९ करोड ३५ लाख ५९ हजार ९ सय सात त्रृुण लगानी गरेको छ त्यस्तै संस्थाले हालसम्म २३ करोड ५४ लाख ९८ हजार १ सय ७८ रुपैया निक्षेप संकलन गरेको छ ।
संस्थाले यही बर्षमा १ करोड १३ लाख ९५ हजार २ सय ६८ रुपैयाँमा भवन खरिद गरेको थियो ।
कार्यक्रमको उदघाटन गर्दे प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सरकारले सहकारीलाई अर्थतन्त्रको एक आधार स्तम्भ मानेकोले सहकारीको महत्व बढदै गएको बताउनु भयो । साथैै घिमिरेले सहकारीले गरेको कार्यको प्रशंसा गर्दे सहकारीले बचत र लगानीभन्दा पनि वरिपरि रहेका प्राकृतिक स्रोत र साधनलाई उपयोग गरेर आय आर्जनमा वृद्धि गर्नु पर्ने बताए ।
सो अवसरमा प्रजिअ घिमिरेव्दारा सहकारीले हालै खरिद गरेको सहकारीको भवनको उदघाटन गरिएको थियो ।
सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको उदघाट्न कार्यक्रममा सहकारीका संरक्षक देवबहादुर श्रेष्ठ सल्लाहाकार कर्णबहादुर हमाल उद्योग बाणिज्य संघका महासचिव जयराम भारी सहारा बहुउदेश्यीय सहकारीका अध्यक्ष गोविन्दप्रसाद शर्मा कडेल साझेदारी बहुउदेश्यीय सहकारीका अध्यक्ष राजेन्द्र आचार्य शंखधर बहुमुखी सहकारीका अध्यक्ष लालचन्द राजभण्डारी शेयर सदस्य माया खड्का लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका उत्कृष्ट बचतकर्ता कृष्णमणी कँडेल सुर्दशन श्रेष्ठ संघसंस्थातर्फ मुक्तिनाथ हस्पिटल अवधि वचतकर्ता अनुज श्रेष्ठ मुद्धति बचतकर्ता खुमा देवी शर्मा जेष्ठ नागरिक मुद्धति बचतकर्ता अदमकुमारी गौचन असल ऋणी भीमसेन श्रेष्ठ केशव खड्का र कर्माचारी सरिता शाक्यलाई पुस्कार सहित सम्मान गरिएको थियो ।