Sunday 2 January 2011

नेपाल पत्रकार महासंघको अधिवेशन माघ २४ देखि

बागलुङ पुष १८ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको वैठकले जिल्लास्तरीय अधिवेशन आगामी माघ २४ देखि फागुन १४ गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले पुरानो परिपाटीलाई परिमार्जन गरी क्षेत्रीय स्तरमा ८ चरण गरी जिल्लास्तरीयअधिवेशन सम्पन्न गर्ने महासंघको केन्द्रीय समितिको वैठकले निर्णय गरेको हो ।
पश्चिमान्चलका लागि आगामी फागुन ७ गते एकैदिन अधिवेशन गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
महासंघले तोके अनुसार अनुसार पश्चिमााचल लगायत बागलुङ जिल्लामा पनि आगामी फागुन ७ गते अधिवेशन हुने नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
एकैदिन अधिवेशन गर्ने निर्णय सह्ानीय भएको त्यसले गर्दा व्यवस्थापन पनि सहज हुने जिसीको भनाइ छ ।
अधिवेशनमा विभिन्न किसिमका अनियमितता हुन नदिनका लागि गरिएको यो निर्णय स्वागतयोग्य भएको उपाध्यक्ष जिसीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघले अवलम्बन गरेको शान्ति र संविधान नेपाल पत्रकार महासंघको अभियान भन्ने नाराका साथ आगामी माघ १६ गतेदेखि मुलुकभर नागरिक समाज तथा पेशागत संघसंस्थाको अगुवाइमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

No comments:

Post a Comment