Monday 3 January 2011

हटियाको बहुचर्चित सुशिला साहानी हत्याकाण्डका अभियुक्तहरु जन्म कैद मा

बागलुङ पुष १९ । गल्कोट हटियाको बहुचर्चित सुशिला साहानी हत्याकाण्डका अभियुक्तहरु डिक्सन कुमार मल्ल र राजु खानलाई बागलुङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । हटिया गाविस वडा नं ३ का नर बहादुर साहानीको जाहेरीले बादी नेपाल सरकार र बागलुङ हरिचौर गाविस वडा नं ४ का डिक्सन कुमार मल्ल र भारतको किसानगन्ज बेलुवा घरभै हटिया बजारमा मोटरसाइकल वर्कशप खोली बस्ने राज खान भन्ने महमद मीर सयद चांद प्रतिबादी रहेको हटिया ३ कै सुशिला साहानीको कर्तव्य ज्यान मुद्दामा आज न्यायाधीश रामेश्वरनाथ अमात्यको ईजलासले सो फैसला गरेको हो ।
२०६६ साल माघ १९ गते बिहान डिक्सन मल्ल र राज खानले सुशिला साहानीको छुरी र ढुंगा प्रहार गरी निर्मतापूर्वक बिभत्स हत्या गरेको स्वीकार गरेका थिए । डिक्सन मल्लको गर्भधारण गरेकी सुशिला साहानीलाई गर्भपतन गर्न नमानेकीले निज साहानीको हत्या गर्ने निर्णयमा पुगेका मल्लले खानको मिलिमतोमा ‘माघ २० गते बिहान भागेर बागलुङ बजार जाने र उतै बिबाह बन्धनमा बांधिने…’ सल्लाह मुताबिक साहानीलाई बिहान अध्यारोमै बोलाई पछाडीबाट मल्ल र खान दुबैले पालैपालो छुरा र ढुंगा प्रहार गरेर हत्या गरेका साविती बयान दिएका थिए ।
गल्कोट हटिया स्थित गल्कोट उच्च माबिमा १२ कक्षामा अध्ययन गर्ने साहानी र मल्लबीच पांच छ महिनादेखी प्रेमलाप चलेको थियो 

No comments:

Post a Comment