Tuesday 4 January 2011

धौलागिरीका चार उद्योग बाणिज्य सघंले सडक मर्मतको पहल गर्ने

बागलुङ पुष २० । पोखरा बागलुङ सडक जीर्ण बन्दै गएपनि मर्मतका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै धौलागिरीका चार उद्योग बाणिज्य सघंले सडक मर्मतको पहल गर्ने भएका छन् । पर्यटन बर्ष २०११ शुरु भइसक्दा पनि पोखरा बागलुङ राजमार्ग मर्मतका लागि सम्बन्धित मन्त्रालय र कार्यालयले कुनै पहल नगरेको भन्दै धौलागिरीका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत उद्योग बाणिज्य सघंले मर्मतका लागि केन्द्रिय तहबाटै पहल गर्ने भएको हो ।
दैनिक रुपमा सयौ यातायात ओहोर दोहोर गर्ने मुख्य राजमार्ग जिर्ण भई जोखिमपुर्ण यात्रा गर्ने अवस्था आउदा पनि राज्यका निकाय उदासिन भएकाले व्यवसायीले केन्द्रिय तहबाट सडक मर्मतको पहल गर्न लागेको नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार माघको दोस्रो साता भित्रमा धौलागिरीका १६ जना सभासदलाई एकठाउमा राखेर तत्काल सडक मर्मतका साथै अन्य समस्या र सम्भावनालाई सम्बोधन गर्ने गरी धौलागिरी घोषणा पत्र जारि गरिनेछ ।
केन्द्रिय तहबाट गरिने पहलका लागि धौलागिरीका व्यवसायीहरुबाट प्रस्तुत गर्ने प्रतिवेदन तयार भैसकेपनि अन्तिम रुप दिन भने बाकी रहेको बताइएको छ ।
सघंले धौलागिरीका चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पोखरा बागलुङ सडक मर्मत गर्ने कार्यमा तत्काल पहल गर्न यसअघि नै आग्रह सहित ज्ञापन पत्र बुझाएको थियो 

No comments:

Post a Comment