Sunday 9 January 2011

दलित बिनाको पार्टी बनाउन जिल्लामा कि्रयाशील

बागलुङ पुष २५ । छुवाछुत बिभेद अन्त्यको अभियान स्वरुप बागलुङको पैयुथन्थापमा शुक्रबार आयोजना गरिएको सहभोजमा कुनै पनि राजनितिक दलका प्रतिनिधि उपस्थित नभएपछि बागलुङका दलित अधिकारकर्मीहरुले दलित बिनाको पार्टी बनाउन जिल्लामा कि्रयाशील राजनितिक दलहरुलाई चेतावनी दिएका छन् ।
गाविस कार्यालयको आर्थिक सहयोगमा उत्पीडित दलित समुदायको सन्जाल बागलुङले आयोजना गरेको सहभोज कार्यक्रममा जिल्लामा कि्रयाशील ९ वटै दलका प्रमुख तथा प्रतिनिधि उपस्थित नभएपछि उनीहरुले आज बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् ।
मुलुक परिवर्तनको उद्घोष गर्ने दल र राज्यको ढुकुटीबाट तलब खाने सेवाप्रदायक कर्मचारीहरुबाट भएको गैर सामाजिक व्यवहार प्रति खेद व्यक्त गर्दै राजनितिक दल नसच्चिए सम्म जिल्लाका दलित समुदाय कुनै पनि पार्टीको गतिबिधिमा संम्लग्न नहुने बताएको छ ।
यसैबिच सहभोजमा उपस्थित नभएको बिषयमा हिजै भएको छलफलमा जिल्लामा कि्रयाशील ५ राजनितिक दलका जिल्ला स्तरिय पार्टी प्रमुख तथा प्रतिनिधिले घटना प्रति आत्मआलोचना गर्दै आवश्यक अध्ययन गरी कारबाही गर्ने लिखित प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

No comments:

Post a Comment