Sunday 9 January 2011

२ लाख २० हजार ५ सय ५४ रुपैया खुद मुनाफा

 बागालुङ पुष २५ । बागलुङ बहुउदेश्यीय सहकारी संस्था बागलुङले ३० करोड ४५ लाख १० हजार ९ सय ८८ रुपैया बराबरको कारोबार गरेको छ । आर्थिक बर्ष २०६६।०६७ मा सो सहकारीले २ लाख २० हजार ५ सय ५४ रुपैया खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
बागलुङ बहुउदेश्यीय सहकारी संस्था बागलुङले आर्थिक बर्ष २०६६।०६७ मा तीस करोड पैचालिस लाख दश हजार ९ सय ८८ रुपैया बराबरको कारोबार गर्दे २ लाख २० हजार ५ सय ५४ रुपैया खुद मुनाफा आर्जन गरेको छ ।
आज आयोजित सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिवेशनको अवसरमा आयव्यय सार्वजनिक भएको हो ।
संस्थाको नयाँ शेयर १ करोड ५६ ल्ााख ६ सयले बृद्धि भै कुल शेयर २ करोड ५७ लाख ९२ हजार ४ सय पुगेको छ । संस्थाले हालसम्म ९ करोड ३५ लाख ५९ हजार ९ सय सात त्रृुण लगानी गरेको छ त्यस्तै संस्थाले हालसम्म २३ करोड ५४ लाख ९८ हजार १ सय ७८ रुपैया निक्षेप संकलन गरेको छ ।
संस्थाले यही बर्षमा १ करोड १३ लाख ९५ हजार २ सय ६८ रुपैयाँमा भवन खरिद गरेको थियो ।
कार्यक्रमको उदघाटन गर्दे प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सरकारले सहकारीलाई अर्थतन्त्रको एक आधार स्तम्भ मानेकोले सहकारीको महत्व बढदै गएको बताउनु भयो । साथैै घिमिरेले सहकारीले गरेको कार्यको प्रशंसा गर्दे सहकारीले बचत र लगानीभन्दा पनि वरिपरि रहेका प्राकृतिक स्रोत र साधनलाई उपयोग गरेर आय आर्जनमा वृद्धि गर्नु पर्ने बताए ।
सो अवसरमा प्रजिअ घिमिरेव्दारा सहकारीले हालै खरिद गरेको सहकारीको भवनको उदघाटन गरिएको थियो ।
सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको उदघाट्न कार्यक्रममा सहकारीका संरक्षक देवबहादुर श्रेष्ठ सल्लाहाकार कर्णबहादुर हमाल उद्योग बाणिज्य संघका महासचिव जयराम भारी सहारा बहुउदेश्यीय सहकारीका अध्यक्ष गोविन्दप्रसाद शर्मा कडेल साझेदारी बहुउदेश्यीय सहकारीका अध्यक्ष राजेन्द्र आचार्य शंखधर बहुमुखी सहकारीका अध्यक्ष लालचन्द राजभण्डारी शेयर सदस्य माया खड्का लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका उत्कृष्ट बचतकर्ता कृष्णमणी कँडेल सुर्दशन श्रेष्ठ संघसंस्थातर्फ मुक्तिनाथ हस्पिटल अवधि वचतकर्ता अनुज श्रेष्ठ मुद्धति बचतकर्ता खुमा देवी शर्मा जेष्ठ नागरिक मुद्धति बचतकर्ता अदमकुमारी गौचन असल ऋणी भीमसेन श्रेष्ठ केशव खड्का र कर्माचारी सरिता शाक्यलाई पुस्कार सहित सम्मान गरिएको थियो ।

No comments:

Post a Comment