Friday 31 December 2010

नेपाली कांग्रेसलाई टुटफूट र अन्यौलताबाट जोगाउन

बागलुङ पुष १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद महालक्ष्मी डिना उपाध्यायले नेपाली कांग्रेसलाई टुटफूट र अन्यौलताबाट जोगाउनका लाग विश्वेश्वर प्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । बागलुङको बुर्तिबाङमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ३५ औ मेलमिलाप दिवसका अवसरमा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।
पूर्वराज्यमन्त्री उपाध्यायले अधिनायकवादको पक्षमा लाग्ने शक्तिहरुले कांग्रेसलाई कमजोर बनाउन खोजेपनि लोकतन्त्र प्रतिको प्रतिवद्धताले कांग्रेस एकतावद्ध भएर अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ क्षेत्र नम्बर ३ का सभासद नरबहादुर पुन निरज समाजसेवी हर्कबहादुर पुन नेपाली कांग्रेसका जिल्ला सदस्य पार्वती आचार्य मेषलाल शर्मा र गण्डकी थापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति तारानाथ पौडेल क्षेत्र नम्बर २ का सभापति घनश्याम गौतम नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि भुमिश्वर सापकोटा क्षेत्रीय प्रतिनिधि तिर्थराज भट्टराइ धौलागिरि बहुमुखी क्याम्पसका स्ववियू सभापति चिरिाजवी शर्मा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जित शेरचन अर्जुन शेरचन र टेकराज पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेस बागलुङका सभापति प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको साचालन सचिव हरिबहादुर खड्का र स्वागत कोषाध्यक्ष लालप्रसाद घर्तिले गर्नु भएको थियो ।
यसैगरी नेपाली कांग्रेस नगर समिति बागलुङको आयोजनामामा ३५ औँ मेलमिलाप दिवस शुक्रवार मनाइएको छ । सो कार्यक्रममा बोल्ने बक्ताहरुले विपी कोईरालाको मेलमिलाप नीतिको चर्चा गर्दै विपीको विचारलाई सवैले अनुसरण गर्नुपर्ने बताएका थिए ।

No comments:

Post a Comment