Sunday 26 December 2010

दोसल्ला ओढाएर सगुन र सम्मान पत्रसहित सम्मान

बागलुङ पुष ११ । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका परिवारका ७५ वर्ष पुरा भएका १४ जनालाई शनिवार सम्मान गरेको छ । संस्थाको तेस्रो वार्षिक साधारणभाको उद्घाटन समारोहमा संस्थाले संस्थाका शेयर सदस्यका परिवारका ७५ वर्ष पुरा गरेका जेष्ठ सदस्यलाई दोसल्ला ओढाएर सगुन र सम्मान पत्रसहित सम्मान गरेको हो ।
जेष्ठ सदस्य नन्दकुमारी श्रेष्ठ कुलप्रसाद श्रेष्ठ उज्यालुजंग राजभण्डारी नन्दजंग राजभण्डारी लालप्रसाद श्रेष्ठ अम्वादेवी वझा मानकुमारी सुवेदी रामजंग राजभण्डारी गोपालप्रसाद वझा श्रीलक्ष्मी शाक्य तेजलक्ष्मी श्रेष्ठ सेती थापा मगर सोमबहादुर थापा मगर जगदिशप्रसाद शर्मालाई सम्मान गरिएको हो ।
यस्तै उत्कृष्ट बचतकर्ता सुन्दर श्रेष्ठ र असल ऋणी हरिबहादुर क्षत्रीलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभाको उद्घाटन सम्मानित मध्येका जेष्ठ सदस्य नन्दकुमारी श्रेष्ठले गर्नु भएको थियो ।
सो अवसरमा सम्मानित व्यक्तित्वहरुका तर्फबाट कुलप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाले संस्थाले नाम जस्तै काम गरेर देखाएको भन्दै शुभलाभ सहकारीको उन्नतीको कामना गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय लेखा समिति सदस्य रामबहादुर जिसीले सहकारी उद्यमलाई आम जनताका बीचमा पुर् याउनका लागि यसका सिद्धान्त र नीति नियमलाई पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रलाई मुख्य आधार बनाउनका लागि सहकारी संस्थाहरुले उत्पादन र रोजगारमुलक कार्यतर्फ लगानी गर्नु पर्ने बताउनुभएको थियो 

No comments:

Post a Comment