Sunday 26 December 2010

अनिश्चितकालीन धौलागिरी बन्द फिर्ता

बागलुङ पुष १० । धौलागिरिका बागलुङ पर्वत र म्याग्दीका उद्योग वाणिज्य संघले भारतीय नोट सहित दुई जना व्यापारीलाई प्रहरीले बिहिबार पक्राउ गरेको बिरोधमा १० बंदे माग प्रस्तुत गर्दै आव्हान गरेकॊ अनिश्चितकालीन धौलागिरी बन्द फिर्ता लिएको छ । शुक्रवार स्थानीय प्रशासनमा भएको बार्तामा कुरा नमिलेपछि एक्कासी आक्रोशमा आएका उबासंघका पदाधिकारीहरुले तत्कालै धौलागिरी बन्दको आव्हान गरी प्रहरीको बिरोधमा चर्का नारा लगाउदै व्यवसायीहरुको जुलुस निकालेर बागलुङ बजार परिक्रमा गरी पसल बन्द गर्न लगाएका थिए । साधरणतया शनिवार बागलुङ बेनी र कुस्मा बजार बन्द रहने भएपनि आज सवारी साधानहरु नचल्दा सदरमुकामहरु सुनसान रहे । दिउसो सम्म ‘प्रहरी ज्यादती बन्द गर’ भन्ने नाराबाजीका साथ बजार परिक्रमा गर्दै गरेको व्यापारीहरु त्यस्को केहिबेर पछि नै संघले धौलागिरी बन्द फिर्ता लिएको माईकिङ गराएको थियो ।
आज तिन जिल्लाका सघंका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे बिच भएको बार्तामा तीन जिल्लाका सघंले उठाएको राष्ट्रिय समस्याका बिषयमा केन्द्रिय स्तरबाट पहल गर्ने र जिल्ला र क्षेत्रीय तवरमा देखिएका समस्या जिल्ला तहबाट समाधान गर्दै जाने सहमति जिल्ला प्रशासनसंग सहमति भएपछि आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको सघंका अध्यक्ष बसन्त क्रमार श्रेष्ठ जानकारी दिए ।
भारतीय नोटको तत्काल व्यवस्थापन गर्नु पर्ने विभिन्न बहानामा पक्राउ परेका उद्यमीहरुलाई रिहा गर्नु पर्ने घरेलु मदिरा उत्पादन गर्ने उद्यमीलाई व्यवस्थित गर्नु पर्ने बिहान ९ बजेभित्र र दिउसो साढे ३ बजेपछि पसल तथा गोदाम अगाडि आएका साधनबाट मालसामान झार्ने व्यवस्था गर्नु पर्ने बागलुङ पोखरा सडक तत्काल मर्मत गर्नु पर्ने र मुस्ताङ सडकको एकाधिकार अन्त्य गर्नु पर्ने लगायतका १० बुदे माग प्रति प्रशासन लचक बनेपछि व्यवसायीहरुले आन्दोलन फिर्ता गरेको व्यवसायीहरुले बताएका छन् 

No comments:

Post a Comment