Tuesday 21 December 2010

प्रहरीले अवैध मदिरा नियन्त्रणमा तदारुकता देखाएपछि

बागलुङ पुष ६ । प्रहरीले अवैध मदिरा नियन्त्रणमा तदारुकता देखाएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङले मदिरा विकि्र वितरण सम्वन्धि व्यवसायीहरुलाई कानुनी प्रकि्रयाका बारेमा जानकारी दिन थालेको छ । प्रहरीले तीन चार पटक सम्म अवैध मदिरा नियन्त्रण गर्ने अभियानका क्रममा जफत गरिएको मदिरा नष्ट गरिसकेको छ । सदरमुकाममा मदिरा विक्रीवितरण गरिरहेका व्यावसायीका पसल तथा होटलमा गएर मदिरा बिक्रीवितरण बारे कानुनी प्रकि्रयाको बारेमा जानकारी गराउन सुरु गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ ।
मदिरा वेचविखनमा संलग्न हुनका लागि अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने हरेक वर्ष इजाजतपत्र नवीकरण गर्नुपर्ने कानुनी प्रावधानलाई व्यावसायी समक्ष उपस्थिति भएर जानकारी गराउने उद्देश्यले अभियान सुरु गरिएको हो । मदिराको कानुनी प्रकि्रयाबारे जानकारी गराएपछि इजाजतपत्र वनाउन तथा नवीकरण गराउन आउने व्यवसायीहरुको संख्या बढेको कोष तथा लेखा नियन्त्रक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । अहिले बागलुङ जिल्लामा २ सय जनाले इजाजत पत्र लिएर मदिराको कारोवार गर्ने गरेका छन् 

No comments:

Post a Comment