Tuesday 21 December 2010

सल्यान र सुखौराका स्थानीवासी पिउने पानीको चरम समस्या मा

बागलुङ पुष ६ । बागलुङको दक्षिण पश्चिमवर्ती विकट क्षेत्र सल्यान र सुखौराका स्थानीवासी पिउने पानीको चरम समस्याबाट दैनिकी गुजार्न बाध्य भएका छन् । पर्याप्त पानीका श्रोतको अभाव र भएका श्रोतको पनि उचित व्यावस्थापन हुन नसक्दा सल्यान र सुखौरावासीले खानेपानीको समस्या भोग्नु परेको हो । एक गाग्री पानी ल्याउन दुई घण्टा हिड्नु पर्ने बाध्यता रहेको सुखौरागाविसका २ सय ६७ घरधुरीले खानेपानीको समस्या भोग्दै आएका छन् । सुखौरा गाविसका वडा ७ ६ २ ३ १ ४ र ५ ले सबैभन्दा बढी खानेपानीको समस्या झेल्दै आएको छ । गाविसले विकास निर्माणको क्षेत्रमा बजेट विनियोजन गरेपनि मानवीय जीवन प्रत्यक्ष सरोकार राख्ने खानेपानीको लागि बजेट विनियोजन गर्न बेवास्ता गर्दा फोहोर पानीले दैनिकी चलाउन बाध्य छौु सुखौरा-४ माझगाउँका बलबहादुर थापाले भन्नुभयो ुगाउँ परिषदमा आफ्ना कुराले प्राथमिकता नपाउँदा खानेपानीको समस्या परेको छ 

No comments:

Post a Comment