Wednesday 22 December 2010

बिहुं गाविसमा रहेको रामकोट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास

 बागलुङ पुष ७ । बागलुङ जिल्लाको बिहुं गाविसमा रहेको रामकोट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न आयोजित सप्ताहव्यापी विश्वशान्ति धनधान्यान्चल ज्ञान महायज्ञ समापन भएको भोलिपल्टै एम्बुलेन्स खरिद आयआर्जन भवन निर्माण तथा रक्तसंचार सेवालाई ब्यबस्थित गराउने उदेश्यले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङलेबागलुङ नगरपालिका ११ उपल्लाचौरमा बृहत श्रीमद्भागवत धनधान्यान्चल ज्ञानमहायज्ञ संचालन गर्ने निर्णय गरेको छ ।
शाखाले आज बिहान बिभिन्न सरोकारवालासंग समन्वयात्मक छलफल कार्यक्रमको आयोजना गरी आगामी माघ १ गते देखी ८ गते सम्म महायज्ञ संचालन गर्ने जानकारी दिएको हो ।
सो छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले ‘यस्ता पबित्र कार्यमा सबैले मन फुकाएर सहयोग गर्न’ आग्रह गर्दै ‘महायज्ञ सफल बनाउनको लागि ब्यबस्थापन पक्ष चुस्तदुस्त हुनुपर्नेमा जोड’ दिनुभयो ।
उहाले ‘अत्यन्त महत्वपूर्ण कार्यको लागि महायज्ञको आयोजना गरिएको हुदा सोचे भन्दा राम्रो आर्थिक संकलन हुन सक्ने संभाबना देखिएको’ बताउनुभयो ।
सो अबसरमा स्थानिय बिकाश अधिकारी बिष्णु बहादुर थापा, रेडक्रस सोसाईटी बागलुङ शाखाका पुर्ब सभापती बिश्वनाथ रेग्मी, नेपाली काङग्रेस क्षेत्र नं १ का सभापति होम बहादुर हमाल, बस ब्यबसायी समिति बागलुङका अध्यक्ष दिल प्रसाद कडेल, समाज सेबी देब बहादुर श्रेष्ठ, मेघराज पाण्डे, रमेश राजभण्डारी, एकराज पौडेल लगायतले महायज्ञ सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

No comments:

Post a Comment