Thursday, 16 December 2010

समाज रुपान्तरणको लागि ब्ाालबालिकालाई गुणस्तरीय शिक्षा

बागलुङ मंसिर २९ ।समाज रुपान्तरणको लागि ब्ाालबालिकालाई गुणस्तरीय शिक्षाको आबश्यक रहेको आज बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
हामी सबैको प्रतिबद्धता पा्ररम्भिक बाल बिकासका लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ सेतो गुँरास बाल बिकास केन्द्र बागलुङको आयोजनामा आज बागलुङमा भएको बार्षिक समिक्षा तथा सामाजिक लेखा योजनामा छलफल कार्यशाला गोष्ठि मा सहभागीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले शिक्षित समाजको निर्माणको लागि सरोकारवाला हरुबाट बालबालिकाका निम्ती आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो ।
स्थानिय सा्रेत र साधनको परिचालनबाट गुणस्तरीय सिकाई बाताबरण तयार गरि बालबालिकाको सर्बाङगिण बिकासमा सहयोग पुर् याउने उद्देश्यले बागलुङ जिल्लामा अहिलेसम्म ३ सय ४ वटा बालबिकास केन्द्र रहेको संस्थाले जनाएको छ । कार्यक्रममा बिभिन्न ठाँउका बालबिकास केन्द्रका प्रतिनिधि हरुले प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सेतोगँरास बाल बिकास केन्द्र बागलुङका अध्यक्ष कुष्णप्रसाद शर्मा न्युरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एकिकुत नेकपा माओबादी बागलुङका सह इनचार्ज धनप्रसाद सापकोटा नेकपा एमाले बागलुङका सचिब नर बहादुर थापा स्थानिय बिकास अधिकारी बिष्णु बहादुर थापा जिल्ला शिक्षा अधिकारी मुक्तििसंह ठकुरी लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
केन्द्रका उपाध्यक्ष महेशचन्द्र प्रधानले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाकी फिल्ड संयोजक पम्फा खड्काले गर्नभएको थियो ।

No comments:

Post a Comment