Thursday, 16 December 2010

गैरसरकारी संस्थाहरुलाई समन्वय एवम् परिचालनको लागि

बागलुङ मंसिर २९ । जिल्लाभरिका गैरसरकारी संस्थाहरुलाई समन्वय एवम् परिचालनको लागि आज एक समिति गठन भएको छ । आज जिल्ला विकास समितिको कार्यालयमा बसेको बैठकले स्थानिय बिकास अधिकारी बिष्णु बहादुर थापाकोसयोजकत्वमा एन डि ओ डेक्स आज बागलुङमा गठन भएको छ ।
जिल्ल्ाा स्तरीय गैरसरकारी संस्था साचालनको लागि स्थानीय विकास अधिकारीको संयोजकत्वमा १३ वटा पद र संस्था सहभागी रहेको समिति गठन गरिएको हो ।
समितिमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत गैसस महासंघ गाविस महासंघ बागलुङ नगरपालिका चारतारे युवा क्लव भीमापोखरा युवा क्लव आमा मिलन केन्द्र फरक क्षमता भएकाहरुको राष्ट्रिय परिषद महिला जागरण केन्द्र हटिया स्वयंशक्ति दलित शसक्तिकरण त्यसैगरी सदस्य सचिवमा कार्यक्रम अधिकृत रहने र ३ वटा स्थायी आमन्त्रित सदस्य राखिने जिल्ला विकास समिति बागलुङका कार्यक्रम अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
तीन आमन्त्रित संस्थामा महिला तथा बालबालिका कार्यालय गाविस सचिव हकहित संरक्षण केन्द्र जिविकोपार्जजनका लागि वन कार्यक्रम एलएफपी रहेका छन् ।
समितिले नेपाल सरकारको कार्यविधि निर्देशिका बमोजिम काम गर्ने बताइएको छ 

No comments:

Post a Comment