बागलुङ पुष २ । संबिधानसभाका सदस्य नरबहादुर पुन निरजले संविधान निर्माणको लागि दलहरुबीचको तिक्ततालाई अन्त्य गर्दै सहमतिको विकल्प नभएको बताउनुभयो । त्रिभुवन उच्चमाबि दगान्तुङडाडा बागलुङको स्वर्ण महोत्सव उदघाटन गर्दे सभासद पुनले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै सभासद पुनले शैक्षिक क्षेत्रको बिकाश लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाले बिद्यालयलाई सफल र उत्कृष्ठ बनाउनका लागि अभिभाबकहरुबिचको एकता आवश्यक रहेकेा समेत बताउनुभयो ।
बिद्यालयको स्वर्ण महोत्सवमा जिल्ला शिक्षा अधिकारी मुक्तििसंह ठकुरीको समेत उपस्थिती रहेको छ । महोत्सवको उदघाटन पुर्व बिद्यार्थीहरुअभिभाबक लगायतको र् यालीले खर्बाङ बजारको परिक्रमा गरेको थियो । स्थानिय अभिभाबकहरुबाट ८० लाख रुपैया संकलन गरेको छ ।
विद्यालयलाई सबैभन्दा बढी स्थानीय डिलाराम खरालले ३ लाख ९१ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा चन्दाप्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन कमल पौडेल र सीता पुनले गर्नुभएको थियो ।
यसैबिच लक्ष्मीनारायण प्राथमिक बिद्यालय मल्म बागलुङको २७ औ बार्षिक उत्सव कार्यक्रम आज बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ ।
No comments:
Post a Comment