Tuesday 28 December 2010

शैक्षिक विकासका लागि जुट्नु पर्नेमा जोड

बागलुङ पुष १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद रत्ना शेरचनले विद्यार्थीहरुले राजनीतिक स्वार्थ भन्दा माथि उठेर शैक्षिक विकासका लागि जुट्नु पर्नेमा जोड दिनुभएको छ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी यूनियनको मुखपत्र धौलागिरि दर्पण पुस्तकको चौथो अंक विमोचन पछि बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।
शेरचनले मुलुक परिवर्तनका लागि विद्यार्थीहरुको भूमिका प्रभावकारी हुने भएकाले शैक्षिक क्षेत्रको विकासका लागि एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यक्ष सहायक क्याम्पस प्रमुख डाक्टर दिनबहादुर थापा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य राजिव घिमिरे नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष हरिहर शर्मा अनेरास्ववियूका धौलागिरि इन्चार्ज नेत्रबहादुर विष्टले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम स्ववियू सभापति चिरिाजवी गौतमको अध्यक्षता र सदस्य प्रेम सुवेदीको साचालनमा सम्पन्न भएको थियो 

No comments:

Post a Comment