Tuesday 28 December 2010

शान्ति सुरक्षाको अवस्था कस्तो होला ?

बागलुङ पुष १२ । गत बिहीबार ५ सय र हजारका भारतीय रुपया बोकेका दुईजना व्यापारीलाई प्रहरीले पक्राउ गरी कार्बाही अगाडी बढाएपछि प्रहरी बिरुद्ध खनिएका स्थानीय व्यापारी व्यवसायीहरुको बिरोधका कारण प्रमुख जिल्ला अधिकारीको पहलमा सर्वदलीय सर्वपक्षिय बैठकको ट्राफिक व्यवस्थापन गर्ने निर्णय अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङलेनगरपालिकाको ट्राफिक व्यवस्थपनका लागि सन्चालन गरेको ट्राफिक सचेतना अभियान बिचमै रोकिएको छ ।
कार्यालयले दोस्रो चरणको सचेतनामुलक घरदैलो अभियान चलाइरहदा धौलागिरीका तिन उद्योग बाणिज्य सघंले बिहान ९ बजेभित्र र दिउसो साढे ३ बजेपछि पसल तथा गोदाम अगाडि आएका साधनबाट मालसामान झार्ने व्यवस्था गर्नुपर्ने बागलुङ पोखरा सडक तत्काल मर्मत गर्नुपर्ने र मुस्ताङ सडकको एकाधिकार अन्त्य गर्नु पर्ने लगायतका १० बुदे माग सहित गत शनिबार बन्द आव्हान गरेपछि अभियान बिचमै रोकिएको हो ।
व्यवसायीको लोड अनलोड गर्ने समय र ट्राफिक व्यवस्थापन लगायतका बिषयमा व्यवसायीले असन्तुष्टी जनाएपछि अभियान बिचमै रोकिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख खिमानन्द काफ्लेले बताए । उनले यसअघिको ट्राफिक व्यवस्थापन गर्ने सर्वदलीय सर्वपक्षिय बैठकको निर्णय प्रमुख जिल्ला अधिकारीको पहलमा अब बस्ने बैठकले बदर गरे अभियान रोक्ने र निर्णय यथावत राखे अभियानलाई निरन्तरता दिने बताए ।

No comments:

Post a Comment