Monday 27 December 2010

ठुलोमात्रामा लागु पदार्थ चरेस उत्पादन हुने

बागलुङ पुष ११ । बागलुङ जिल्लाको सुदूर पश्चिम भेग निसीभूजी क्षेत्रमा ठुलोमात्रामा लागु पदार्थ चरेस उत्पादन हुने गर्दछ । स्थानीय जनताले व्यवसायिक रुपमा चरेसको खेती नगरेपनि कालो सुनको नाममा चर्चित चरेस प्राकृतिक रुपमा नै यसका बोटहरु खेत बारी कान्लामा उम्रने हुदा यसको नियन्त्रण सम्भव देखिदैन । विना परिश्रम विना लगानी गाउघरमै उत्पादन हुने चरेस यस क्षेत्रमा राम्रो आम्दानीको श्रोत बनेको हुनाले यो लागु पदार्थ बारम्बार निसी भूजी क्षेत्रबाट बाहिर निकासी हुने गर्दछ । यसै क्रममा प्रहरीले निकै ठुलो परिमाणमा चरेस बागलुङको ग्वालिचौर गाविसमा आज बरामद गरेको छ ।
बुर्तिवाङ बजारबाट काठमाडौं जांदै गरेको लु १ ख ५९६७ नंको यात्रुबाहक बसमा सवार निसी गाविस भल्कोटका दुईजना र देविस्थान गाविसका एक जना यात्रु २७ केजी चरेस सहित प्रहरीले आज पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय बजारमा यसको मुल्य लाखौं रुपया पर्ने बताईएको छ ।
पक्राउ गरिएकाहरुमा निसी गाविस ६ का पूर्ण बहादुर घर्ती र धन बहादुर घर्ती तथा देविस्थान गाविस ५ का होम बहादुर थापा रहेका छन् । प्रहरीले यस अघिपनि बागलुङको पश्चिम क्षेत्रबाट ठुलो परिणाममा चरेश पक्रदै आएको छ भने केहि महिना पहिलेपनि निसी गाविसकै भल्कोट गाउमा लुकाई राखेको अवस्थामा सात केजी भन्दा बढी चरेस पक्राउ गरेको थियो 

No comments:

Post a Comment