Monday 20 December 2010

बागलुङको ताराखोला-८ का नन्दराम कंडेलको परिवारलाई पुनस्थापित

बागलुङ पुष ५ । सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका बागलुङको ताराखोला-८ का नन्दराम कंडेलको परिवारलाई पुनस्थापित गराउने सहमति भएको छ । यसैगरी जिल्लाका अन्य गाविसहरुबाट द्वन्द्वका क्रममा विस्थापित गराईएका अन्य ब्यक्ति वा परिवारहरुको खोजी गरी पुनस्र्थापित गर्न सरोकालहरुले विशेष पहल गर्नुपर्ने आवश्यकता र्अौल्याउन थालिएको छ ।
स्थानीय शान्ति समिति बागलुङले शनिवार तारााखोलामा आयोजना गरेको शान्ति प्रवद्र्धनमा सरोकारवालाहरुको दायित्व विषयक गोष्ठीका क्रममा भएको छलफलबाट कंडेल र उहाको परिवारलाई पुनस्थापित गराउने सहमति भएको हो ।
०५८ सालमा तत्कालीन नेकपा माओवादीद्वारा आफ्नो विपक्षमा सुराकी गरेको आरोप लागेपछि कंडेल परिवार विस्थापित भएको थियो ।
स्थानीय शान्ति समिति बागलुङ इलाका प्रहरी कार्यालय तारा एड्भोकेसी फोरम नेपाल पत्रकार महासंघ इन्सेक र गाविस कार्यालयको पहलमा नन्दराम कंडेल र सर्वदलिय सर्वपक्षिय गाउँ समन्वय समिति ताराबीच ४ बुदे सहमति भएपछि कंडेल परिवार आफ्नो घरमा जान सक्ने भएको छ ।
नन्दराम कंडेलले गाउँमा तिर्न बाँकी रहेको ऋण तिर्ने त्यसको जिम्मा स्थानीय शान्ति समितिका सदस्य हरिप्रसाद सुवेदी र सर्वदलीय सर्वपक्षिय गाउँ संयन्त्र ताराका संयोजक नरेश केसीलाई ऋण सम्बन्धी टुंगो लगाउन जिम्मेवारी दिनुका साथै शनिवारदेखि नै कंडेल र उहाँको परिवार आफ्नो बासस्थान तारा-८ मा पुनस्थापना गर्ने सहमति गरिएको छ ।
पुनस्थापित भएका कंडेलको परिवारलाई आफ्नो घरमा पुनस्थापना भइसकेपछि सहज वातावरण बनाउन सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

No comments:

Post a Comment