Monday 20 December 2010

खर्बाङ बजारमा रहेको सागर होटलमा तोडफोड

बागलुङ पुष ५ । मंसिर महिनाको १४ गतेबाट बागलुङको खर्बाङबजारमा जीप ट्रक तथा बसबाट रकम उठाईएको विषयलाई लिएर शनिवार खर्बाङ बजारमा रहेको सागर होटलमा तोडफोड भएको छ । सागर होटलमा काउण्टर राखी सुमित्रा घिमीरेले दिपक भुषाल र मोहन छन्त्यालको आदेशमा पत्येक जीपबाट १ सय र बस तथा ट्रकबाट रु २ सय उठाउँदै आएकी थिईन ।
शनिवार बुर्तिबाङबाट सेते लामाको नेतृत्वमा बिना हेल्मेट मोटरसाईकलमा आएको १०। १२ जनाको समुहले सवारी साधनबाट उठाएको रकमको हिसाब किताव देखाउन माग गर्दै तोडफोड गरेको होटेलका सन्चालक हरिबहादुर घिमीरेले बताए ।
कर उठाउने सुमित्रा घिमीरे घरमा नभएको बेला हिसाव किताब मागेको र मोहन छन्त्यालले हिसाब नदेखाउन भनेपछि हिसाब नदेखाईएकोले तोडफोड गरेको बताइएको छ ।खर्बाङ प्रहरीको सहयोगका लागि हरिचौर ईलाका प्रहरी कार्यालयबाट गएका प्रहरी हवल्दार दिपेन्द्र सुवेदीले छोरीले कर्मचारीको रुपमा काम गरेकेा र छोरी नभएको बेला आएर घरमा तोडफोड गरेको जानकारी दिए ।
सरकारको कुन निकायबाट अनुमति लिएर सवारी साधनहरुबाट यसरी रकम उठाउने गरिएको हो त्यसबारे सरोकारवालाहरुले स्पष्ट जानकारी दिनुपर्ने जनताको माग रहेको छ । यदि गैह्रकानूनीरुपमा यसरी सवारी साधनहरुबाट खर्बाङमा रकम उठाईएको हो भने सम्वन्धित व्यक्तिहरुलाई तत्काल कानूनको दायरामा लिएर यसप्रकारका अवैध कार्यलाई रोकी कानूनी राज्यको प्रत्याभूति जनतालाई दिने स्थानीय प्रशासनको जिम्मेवारी हो कि बुर्तिवाङबाट मोटरसाईकल चढेर आउनेको हो भन्ने अन्यौलत कायमै रहने छ ।
बागलुङ पोखरा राजमार्गको सदरमुकाम बागलुङ बजारको बांगेचौरमा बाउबासंघले ढाट राखेर ६ वर्ष पहिले देखी अपारदर्शीरुपमा गैह्रकानूनी तवरले उठाउदै आएको लाखौं रकमको बारेमा व्यापक जनचासोका बाबजूतपनि प्रशासनले छानविन नगरेको परिपे्रक्षमा खर्बाङमा भएको यस गैह्रकानूनी काम चलाएर पैसा कुम्ल्याउनेहरु माथि कार्बाही हुने वा गरिने कुरामा जनता विश्वस्त नभएकै हुनाले खर्बाङमा तोडफोड भएको हुनसक्ने बताईएको छ 

No comments:

Post a Comment