Sunday 19 December 2010

१२ प्रतिशत महिलाहरु बैदेशिक रोजगारीमा

बागलङ पुष ४ । नेपाली श्रमिकको कुल संख्याको करिब १२ प्रतिशत महिलाहरु बैदेशिक रोजगारीमा कार्यरत रहेको शनिवार बागलुङमा एक तथ्यांक प्रस्तुत गरिएको छ । अन्तराष्ट्रिय अप्रवासन श्रमिक दिवसको अवसरमा नेपाल टे्रड यूनियन महासंघ अन्चल कमिटी गण्डकी धवलागिरिले बागलुङमा अप्रवासन नेपाली महिला श्रमिकहरुका लागि सुरक्षित र मर्यादित रोजगारी विषयक कार्यक्रमको आयोजना गरी पछिल्लो पटक नेपाली महिलाहरु बैदेशिक रोजगारमा जाने क्रम बढेको जनाइएको हो । खाडी मुलुकहरुमा मात्र २ लाख भन्दा बढि नेपाली महिलाहरु घरेलु श्रमिकको रुपमा कार्यरत रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । विदेशमा काम गर्न जाने महिलाहरु बैधानिक भन्दा अबैधानिक बाटोबाट जाने बढि रहेको जिफन्टको प्रतिवेदनमा उल्लेख छ । यसरी विदेश पुग्ने महिलाहरुलाई बेचविखनमा पर्ने देहव्यापारमा संलग्न गराउने यौन शोषणमा पर्ने बर्षाेसम्म बाँधा श्रमिकको रुपमा काम गर्न बाध्य हुने जस्ता समस्याहरुबाट पिडित हुने गरेको कार्यक्रममा जानकारी गराईको थियो
सो कार्यक्रममा नेपाल टे्रड यूनियन महासंघ जिफन्ट अन्चल कमिटी गण्डकी धवलागिरिका अध्यक्ष युवराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दे सरकार प्रवासी श्रमिकहरुको अधिकार संरक्षण सम्बन्धी अन्तराष्ट्रिय अभिसन्धीहरुलाई अनुमोदन गर्नेप्रति उदासिन देखिएको बताउनुभयो । प्रत्येक बर्ष महिला श्रमिकहरुद्धारा नेपालमा ११ देखी १५ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको समेत सो अवसरमा जानकारी दिइएको थियो ।
नेपालमा रोजगारीको ग्यारेन्टी नहुँदा दैनिक ८५० को संख्यामा नेपाली श्रमिकहरु रोजरोटीको खोजीमा विभिन्न मुलुकहरुमा जाने गरेको पाईएको छ । गत आर्थिक बर्ष २०६६।२०६७ मा मात्र २ लाख ९४ हजार ९४ जना नेपालीहरु बैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकमा उल्लेख छ । भारतको बाटो भएर जानेको तथ्यांक जोड्ने हो भने यो संख्या दोब्बर हुने बताइएको छ । नेपाल टे्रड यूनियन महासंघ जिफन्ट अचल कमिटी गण्डकी धवलागिरिका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिब नरबहादुर थापानेकपा मालेका तिलक रिज्याल लगायतले बोल्नुभएको थियो ।
नेपाल ट्रेड युनियन जिफन्ट बागलुङका अध्यक्ष हेमराज पौडेलले स्वागत गर्नुभएको कायर््क्रमको संचालन पर्वतका सचिब शिव पौडेलले गर्नुभएको थियो ।

No comments:

Post a Comment