Saturday 18 December 2010

खाद्यान्न उत्पादनमा असुरक्षित रहेको तथ्याङ्क सार्वजनिक

३ पुष, बाग्लुङ । बाग्लुङ जिल्लाका १४ गाविस खाद्यान्न उत्पादनमा असुरक्षित रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बाग्लुङमा खाद्य अधिकार विषयक छलफलको क्रममा जनसहभागितात्मक ग्रामीण लेखाजोखाका आधारमा खाद्य अधिकारको लागि जिल्ला सञ्जाल बागलुङले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । सिँचाईको असुविधा, खेतियोग्य जमिन बाँझो हुँदै गएकाले १४ गाविसलाई ३ महिना मात्र खान पुग्ने तथ्याङ्कमा उल्लेख गरिएको छ । बागलुङका तमान, रणसिंहकिटेनी, बोङगादोभान, जलजला, खुङ्खानी, खुङ्गा, निसी, राजकुत, दर्लिङ, पाण्डबखानी, सिसाखानी, सुखौरा, सल्यान र रायडाँडा गाविसमा उत्पादन भएको खाद्यान्नले तीन महिना पनि नपुग्ने उल्लेख छ । जिल्लाका तीन वटा गाविस आत्मनिर्भर अवस्था रहेको छ । नारायणस्थान, पैयँपाटा र कुश्मीसेरामा १२ महिना खान पुग्ने उब्जनी हुने गाविसको रुपमा लिइएको छ 

No comments:

Post a Comment