Saturday 18 December 2010

खाद्यन्न उत्पादनमा असुरक्षित रहेको तथ्याङ सार्वजनिक

बागलुङ पुष २ । बागलुङ जिल्लाका १४ गाबिस खाद्यन्न उत्पादनमा असुरक्षित रहेको तथ्याङ सार्वजनिक भएको छ । पछिल्लो समयमा सिचाईको असुबिधा कृषिमा दक्ष जनशक्तीको अभाब, खेतियोग्य जमिन प्लटिङ गर्ने गरिएकाले ती गाबिसलाई नौ महिनासम्म बाहिरबाट खाद्यन्न आयात गर्नुपर्ने भएकोले असुरक्षित भएको उल्लेख गरिएको हो भने नारायणस्थान पैयुपाटा र कुश्मीसेरामा बाह्य गाविसबाट खाद्यन्न आयात गर्न नपर्ने बताइएको छ ।
बागलुङमा बिहिबारदेखी शुरु भएको खाद्य अधिकार बिषयक अन्र्तकि्रयाको अन्तिम दिन आज खाद्य अधिकारका लागि राष्ट्रिय संन्जाल नेपालका कार्यक्रम संयोजक बिरेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको तथ्याङकमा यस्तो उल्लेख गरिएको छ । सो अवसरमा बोल्दै संयोजक अधिकारीले सवै नेपालीको खाद्यन्नबाट सुरक्षित हुन पाउनुपर्ने अधिकारलाई सुरक्षित गराउनका लागि समुदायको श्रोत सहि सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । साथै सो अवसरमा पत्रकारले जिल्लाका समस्याका बारेमा जानकारी गराउदै समेत सम्बन्धित पक्षले ध्यान नदिएको गुनासो गरेका थिए ।
बागलुङका रायडाडा रणिसंहकिटेनी बोङगादोभान जलजला खुङखानी खुङ्गा निसी राजकुत दर्लिङ्ग पाण्डबखानी सुखौरा सल्यान सिसाखानी र तमान गाबिसमा उत्पादन भएको खाद्यन्नले तिन महिना पनि नपुग्ने उल्लेख छ । जिल्ला बिकाश समितिकृषि बिकाश कार्याल्यपशु कार्यालय लगायत राजनितिक दल र गैरसरकारी कार्यालयको तथ्याङकको आधारमा यस्तो तथ्याङ तयार पारिएको हो ।

No comments:

Post a Comment