Tuesday 11 January 2011

बागलुङको ट्राफिक प्रहरीले पनि साइकल गस्ती शुरु


प्याब्सन बागलुङले आफ्नो स्थापनाको २१ औ स्थापना दिवशको अवसरमा दुइवटा साइकलबाट सहयोग गरेको हो नगरपालिका भित्रका अपराध रोक्न प्रहरीले शुरु गरेको दुइमहिनामा बागलुङको ट्राफिक प्रहरीले पनि साइकल गस्ती शुरु गरेको छ । अव्यवस्थित पार्किङ, ट्राफिक नियम उलंघन तथा निर्माण सामाग्रीलाई सडकमा छोड्ने प्रवृत्ति बढेपछि बढेका दुर्घट्ना न्यूनिकरणका लागि साइकल गस्ती शुरु गरिएको जिल्ला ट्राफिक प्रमुख खिमानन्द काफ्लेले बताउनुभयो ।
ट्राफिकले दुइजना जनशक्ति साइकल गस्तीकै लागि खटाएको छ । सवारी साधनको अभावमा दुर्घट्ना भएका स्थानमा हिडेरै पुग्नु पर्ने बाध्यता रहेको थियो । साइकल गस्ती शुरु गरेको एक हप्तामा जिल्लाको ट्राफिक व्यवस्थामा आमुल परिवर्तन ल्याउने ट्राफिक प्रमुख काफ्लेले बताउनुभयो । यात्रु र सवारी चालकले समेत ट्राफिक नियम नमान्दा बजारीक्षेत्रमा धेरै दुर्घट्ना हुने गरेका थिए । गस्ती शुरु भएपछि ट्राफिकले विना लाइसेन्स चलाइएका मोटरसाइकल नियन्त्रणमा लिने, मोडल फेर्नेलाई कारवाही, रातो प्लेटले यात्रु बोक्नेलाइ जरिवाना गर्ने लगायतका काम थालेको छ । प्याब्सन बागलुङले आफ्नो स्थापनाको २१ औ स्थापना दिवशको अवसरमा ट्राफिकलाइ सहयोग गरेको दुइवटा साइकलबाट उक्त गस्ती शुरु भएको हो ।

No comments:

Post a Comment